राजनीति


महावीर पुनको अपिलमा महेश बस्नेतको समर्थन

महावीर पुनको अपिलमा महेश बस्नेतको समर्थन

महावीर पुन र महेश बस्नेतको फाइल तस्बिर


नेपालखबर
असोज २६, २०८२ आइतबार ११:५७, काठमाडौँ

जेनजी आन्दोलन र त्यसको बलमा बनेको अन्तरिम सरकारको कडा रूपमा आलोचना गरिरहेका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले त्यही सरकारका एक मन्त्री महानवीर पुनको अभिव्यक्तिको भने समर्थन गरेका छन्। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले आज (आइतबार) बिहान सामाजिक सञ्जालमार्फत एकआपसमा खुट्टा तानातान र गुटबन्दी नगर्न जेनजीलगायत सबै नेपाली नागरिकलाई आह्वान गरेका छन्। 

त्यस अपिलमा उनले रणबहादुर शाहको पालादेखि २०८२ सालसम्मका राजनीतिक इतिहास उल्लेख गर्दै आपसी फुटले मुलुक र व्यवस्थालाई नै नोक्सान पुग्ने चेतावनी दिएका छन्। 

त्यसप्रति पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बस्नेतले सहमति जनाएका हुन्। 

‘पञ्चायती व्यवस्था चालबाज र गुटबन्दीले ढल्यो। २०४६ देखि २०८२ सम्मको इतिहासले देखाउँछ। जब राजनीतिक दलहरू स्वार्थ र खुट्टा तानातानमा फस्छन्, त्यो बेला जनता र युवापुस्ता सडकमा आउँछन्। जेनजी पुस्ताले पनि अब त्यही गल्ती दोहोर्‍याउन हुँदैन’, बस्नेतले महावीर पुनको तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘महावीर पुनजीको यो भनाइलाई समर्थन गरियो। एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो। नेपाललाई सुधार्न इतिहास दोहोर्‍याउन नदिऊँ राजनैतिक दलहरू र जेनजीलगायत सबै उमेर समूहका व्यक्तिहरूले आत्मसात् गरौँ। देशलाई विदेशी रणभूमि बन्न नदिऔँ। विकृति र विसंगति हटाएर मुलुक निर्माणको संकल्प गरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad