राजनीति


आफैँले बोलाएको पदाधिकारी बैठकमा देउवा सहभागी नहुने

आफैँले बोलाएको पदाधिकारी बैठकमा देउवा सहभागी नहुने

नेपालखबर
असोज २३, २०८२ बिहिबार १०:१६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैँले बोलाएको पार्टी पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्। 

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवाले पहिलोपटक आज (बिहीबार) दिउँसो १ बजे बस्ने गरी कांग्रेसको पदाधिकारी बैठक बोलाएका हुन्।

तर उनी आफैँ भने बैठकमा सहभागी नहुने भएका छन्। 

‘सभापति बिरामी बिरामी नै हुनुहुन्छ। उहाँ आउन नसक्ने हुँदा आज पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने कुरा छ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपालखबरसँग भने। 

जेनजी आन्दोलनका क्रममा ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय आगजनीले ध्वस्त भएकाले त्यहाँ बैठक बस्न सम्भव छैन।

आज बस्ने पदाधिकारी बैठकको स्थान भने अहिलेसम्म निश्चित भइनसकेको मुख्यसचिव पौडेलले बताए। 

जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको आवाज उठिरहेको छ।

यहीबीच आज बस्न लागेको पदाधिकारी बैठकमा देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुने अपेक्षा गरिएको थियो। तर उनी बैठकमा सहभागी नहुने भएका छन्। 

आजको पदाधिकारी बैठकमा असोज २६ का लागि तय केन्द्रीय समिति बैठकका एजेन्डा, महाधिवेशन, निर्वाचनलगायतबारे छलफल हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad