राजनीति


चुनावको वातावरण सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह

चुनावको वातावरण सिर्जना गर्न प्रधानमन्त्रीको आग्रह

नेपालखबर
असोज २१, २०८२ मंगलबार १८:२८, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको निर्वाचनको आयोगका पदाधिकारीसँग छलफल गरेकी छन्।  आज मंगलबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले तोकिएको चुनाव सम्पन्न गर्ने गरी वातावरण सिर्जना गर्न आग्रह गरेकी छन्।  

‘चुनावको माहोल सिर्जना गरौँ, वातावरण बनाउने काममा लागौँ,’ प्रधानमन्त्रीले बैठकमा भनेकी थिइन्।
कार्कीले छिटै सर्वदलीय बैठक राखेर निर्वाचनबारे छलफल गर्न पनि भनेकी छन्।   

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी,  निर्वाचन आयुक्त डा जानकीदेवी तुलाधर र सगुन शमशेर जबराले छलफल गरेका हुन्।  

निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, मतपेटिका लगायतका बारेमा छलफल भएको हो। 

जेनजी आन्दोलनबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पतन भएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीका कार्की नियुक्त भएकी हुन्।

अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad