राजनीति


फागुन २१ को चुनावबारे असोज ३० मा दलका प्रतिनिधिसँग छलफल गर्दैछ आयोग

फागुन २१ को चुनावबारे असोज ३० मा दलका प्रतिनिधिसँग छलफल गर्दैछ आयोग

नेपालखबर
असोज २१, २०८२ मंगलबार १५:८, काठमाडौँ

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि दलका प्रतिनिधिसँग छलफलको तयारी गरेको छ। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार असोज ३० गते दलका प्रतिनिधिसँग छलफलको तयारी छ। 

‘फागुन २१ को निर्वाचनको विषयमा दलका प्रतिनिधिसँग छलफलको तयारीमा आयोग लागेको छ,’ उनले नेपालखबरसँग भने, ‘आयोगले आजै सम्बन्धित दललाई पत्र लेख्छ।’ 

कस्ता दललाई आयोगलाई छलफलमा बोलाउँछ भन्ने प्रश्नमा उनले भने, ‘शीर्ष दलहरु त यसै पनि सहभागी भइहाल्छन्। उनीहरुलाई पत्र काटिन्छ। कम्तिमा वडा सदस्य जितेको दललाई पनि बोलाइन्छ।’   

उक्त दिन दलका प्रतिनिधिसँग निर्वाचन कार्यतालिका कार्यान्वयनको विषयमा पनि छलफ हुने भण्डारीको भनाइ छ। भण्डारीले दलहरुले निर्वाचन आयोगलाई सम्पर्क व्यक्ति तोकेका छन्। उनीहरुसँगको परामर्शमै छलफल आह्वान गर्न लागिएको उनको भनाइ छ।    

निर्वाचन कार्यतालिका सार्वजनिक भइसक्दासमेत दलहरुसँग परामर्श र छलफल नगरिएको भन्दै नेताहरुले आपत्ति जनाइरहेका बेला आयोगले छलफलको मिति तय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad