राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसिरहेको हो।

बैठकमा बाढी-पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्नेलगायत विपद्सँग सम्बन्धित ९ एजेन्डा छलफलमा छन्।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा गृहमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, उद्योगमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, सञ्चारमन्त्री, श्रममन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापति, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गृहसचिव, विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख र एक जना विज्ञ सदस्य छन्।
हालै भएको भीषण वर्षाका कारण मुलुकभर ६२ जनाको मृत्यु भएको छ भने करोडौँको क्षति भएको छ।
Shares

प्रतिक्रिया