राजनीति


मन्त्री महावीर पुनको दाबी: छोरीहरूलाई पढाइदिने काम सहयोगीहरूले गर्छन्

मन्त्री महावीर पुनको दाबी: छोरीहरूलाई पढाइदिने काम सहयोगीहरूले गर्छन्

नेपालखबर
असोज १६, २०८२ बिहिबार ११:३६, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो पारिवारिक खर्चबारे स्पष्टीकरण दिएका छन्।

खासगरी उनकी छोरी महँगो खर्चमा बंगलादेश पढिरहेको भनेर प्रश्न उठाइरहेका बेला मन्त्री पुनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्ना कुरा राखेका हुन्। 

उनले अहिलेसम्म आफूलाई सहित श्रीमती तथा छोरीहरूलाई पाल्ने, पढाइदिने काम आवश्यक परेका बेला साथी/ सहयोगी नै गरिदिने दाबी गरेका छन्। 

साथै उनले आफ्नो पारिवारिक अवस्थाबारे थप बुझ्न मन लागे आफ्नो आत्मकथाको किताब पढ्न सुझाव दिएका छन्। 

‘३२ वर्षअगाडि अमेरिका बाट फर्केर आएको र कमाई केहि पनि नभएको व्यक्तिले करिब २०० भन्दा बढी गाउँमा इन्टरनेट पुऱ्याउन, ७ वर्ष देखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेर प्रतिभाहरूलाई नि:शुल्क हुर्काउन, कोरोना महामारीमा स्वास्थ्य सामग्रीहरू नि:शुल्क वितरण गर्न र ३० वर्षदेखि बन्द भएको वीरगन्ज कृषि औजार कारखाना पुन:सञ्चालन गर्न अहिलेसम्म करोडौँ करोड रुपैयाँ आमजनताले किन दान गरे भनेर बुझम् त’, मन्त्री पुनले लेखेका छन्, ‘अहिलेसम्म मलाई र श्रीमतीलाई पाल्ने, छोरीहरूलाई पाल्ने, पढाइदिने काम आवश्यक पर्नासाथ मेरा साथी सहयोगीहरूले गर्छन्। मन्त्री भए पनि सबै खर्च पहिलेदेखि नै केही शुभचिन्तक साथीहरूले पुऱ्याइदिन्छन्। मलाई ढुक्क छ- तलबभत्ता केही लिँदैन। कहीँ जाँदा हवाईजहाज टिकट, बस भाडा, टेक्सी भाडा म आफैँले तिर्ने हो। सबै कुरा विस्तृत रूपमा बुझ्न चाहनेले मेरो आत्मकथाको किताब पढ्नुहोला। बात कर्ता है।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad