भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्धको युद्धमा आफ्नो देश नेपालको साथमा रहेको बताएका छन्।
बुधबार साँझ ट्विटमार्फत भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको उल्लेख गर्दै कोरोना महामारीसँगको युद्धमा भारत नेपालको साथमा रहेको बताएका हुन्।
यसअघि आजै भारत सरकारले नेपाललाई २३ टन औषधि उपलब्ध गराएको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई औषधि हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै सहयोगका लागि धन्यवाद दिएका छन्।
जवाफमा मोदीले कोरोना महामारीविरुद्धको लडाइँमा भारत नेपालको साथमा रहेको बताएका हुन्।
— Narendra Modi (@narendramodi) April 22, 2020India-Nepal relationship is special. Our bonds are not only strong but also deep-rooted.
India stands in solidarity with people and the Government of Nepal to fight COVID-19 pandemic.@kpsharmaoli https://t.co/jQ6hYgkKfY
प्रतिक्रिया