राजनीति


रविलाई सुमनाको प्रश्न- नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनु भएको हो र?

रविलाई सुमनाको प्रश्न- नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनु भएको हो र?

नेपालखबर
असोज ११, २०८२ शनिबार २१:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी समुना श्रेष्ठले जेनजी आन्दोलनमा अनावश्यक जस लिन खाजेको भन्दै पूर्वपार्टीको नेतृत्वप्रति आलोचनात्मक टिप्पणी गरेकी छिन्।

फेसबुकमा लामो पोस्ट राख्दै उनले प्रधानसेनापतिले जेनजी आन्दोलनको ‘रास्वपा’ र ‘दुर्गा प्रसाँई’ पनि स्टेकहोल्डर हो भन्दा आफूले प्रतिवाद गरेको बताएकी छिन्। 

‘प्रधानसेनापतिले ‘रास्वपा’ र ‘दुर्गा प्रसाँई’ पनि स्टेकहोल्डर हो भन्दा मैले प्रतिवाद गरेकै हो। आन्दोलन सुुरु हुनु अगाडि आन्दोलनरत युवा पुस्ताले कुनै राजनितिक पार्टीको झण्डा वा एजेन्डा बोकेर नआउनु भनि स्पष्टताका साथ भनिसकेको अवस्थामा जेनजीको आन्दोलनमा हाम्रो सहभागिता देशप्रति निष्ठावान नागरिकको भन्दा बढि थिएन र हुनु हुँदैन थियो,’ श्रेष्ठले लेखकी छिन्। 

जेनजी आन्दोलनको जस लिँदै गर्दा उजाडिएका काख र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिन उनले सुझाव दिएकी छिन्। ‘सहादत प्राप्त गर्नुभएको ७४ नेपाली वीर विरांगना, सयौँ घाईते र लाखौँ नागरिकको सहभागिताको अवमूल्यन हुने गरि त्यतिबेला जंगीअड्डा धाउनु ‘दुर्गा प्रसाँई’ सँगै ऊभिनु हो र वास्तविक अवसरवादिता सदर गर्नु हो,’ श्रेष्ठले लेखेकी छिन्, ‘हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेक होल्डर हो, हाम्रो पनि माग यिनै हुन भनि धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउँदै गर्दा ती उजाडिएका काखहरु र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिनु होला।’

रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले आन्दोलनमा नेतृत्व दिएँ भनेर भन्नु अवसरवाद भएको भन्दै नख्खुमा इज्जत र मानवता जलाएको भनेर प्रश्न समेत गरेकी छिन्। 

‘यस्तो विषम परिस्थितिमा आफूूले नगरेको संघर्ष र आफूूले नदिएको नेतृत्व ‘गरेँ’ वा ‘दिएँ’ भन्नु कुन हदसम्मको जनता विरुद्ध गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक हो र? हामीलाई सुमनाले लाइभ आएर जंगीअड्डा जानबाट रोकि भनि मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाँउमा मिल्काएर आउनु भो? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनु भएको हो र?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad