नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी केन्द्रीय कमिटीमा जेनजी उमेर समूहको अधिकतम प्रतिनिधित्व गराउने बताएका छन्।
पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि शुक्रबारदेखि बसेको माओवादी केन्द्रीय कमिटी बैठकमा युवाहरूलाई निर्णायक तहमा ल्याउनुपर्नेमा नेताहरूले जोड दिएका थिए।
‘जेनजीलाई आगामी केन्द्रीय समितसमा अधिकतम प्रतिनिधित्व गर्न अहिले देखि तयारी गरिनेछ’ प्रचण्डले भने, ‘सक्रिय र क्षमतावान जेनजीहरू केन्द्रीय कमिटीमा आउनेछन्।’
केन्द्रीय समितिमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने र समपत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्।
51
Shares

प्रतिक्रिया