नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले हालको अन्तर्राष्ट्रिय राजनीतिक गतिविधि र नेपालको परिस्थितिलाई गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने बताएका छन्।
पार्टी पदाधिकारी बैठकमा सम्बोधन गर्दै उनले जेनजी प्रदर्शन जस्ता आन्दोलनहरू केवल नेपालमा मात्र होइन, विश्वव्यापी प्रवाह भएको बताए।
‘ठूलो राष्ट्रले सानो राष्ट्रमाथि नयाँ तरिकाले आक्रमण गरिरहेको छ। डिभाइस, प्रशिक्षण र सेटिङमार्फत हमला भइरहेको छ। यस्तो अवस्थामा हामी समालिनु जरुरी छ,’ पौडेलले भने, ‘नेतृत्वलाई हटाएर अरूलाई ल्याउने कुरा होइन, यही नेतृत्वसँगै चुनौतीहरू सामना गर्नुपर्छ।’
वर्तमान संविधान र संघीय संरचनामाथि उठेका प्रश्नहरूको रक्षा गर्दै पार्टीलाई महाधिवेशनतर्फ लैजाने जिम्मा माओवादीकै रहेको उनको कथन छ।
पौडेलले गणतन्त्र, सुशासन, समृद्धि र सामाजिक न्यायसहित समाजवादी क्रान्तिको तयारीमा एकजुट हुन सबै वामपन्थी तथा लोकतान्त्रिक शक्तिलाई आह्वान गरे।
Shares

प्रतिक्रिया