एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जेन्जी आन्दोलनको क्रममा गएकाे भदौ २४ गते राष्ट्रलाई तबाह गर्नेले कुनैदिन न्यायको कठघरामा उभिनुपर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा सिंहदरबार जल्दै गरेको तस्बिरसहित उनले सरकार बदल्ने नाममा भदौ २४ गते जे भयो, यो कुनै राजनीति नभएर राष्ट्रमाथिको अपराध भएको उल्लेख गरेका हुन्।
‘भदौ २३ गते सामाजिक सञ्जाल चलाउन नपाएर निस्सासिएका जेनजी नै सडकमा निस्किएका थिए। २४ गते यस राष्ट्रका दुश्मनले त्यसलाई कब्जा गरे र केही घण्टामा राष्ट्र तबाह पारे,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१७ वर्षको द्वन्द्वमा नभएको क्षति र भ्रष्टहरूले गरेको मुलुकको लुटभन्दा बढी क्षति २४ गते भएको छ। कुनै दिन यिनी लुटेरा र नेपालका दुश्मनको मुकुण्डो उत्रिनेछ र न्यायको कठघरामा उभिएको देख्न पाइनेछ। ढिलो होला, सधैँ अँध्यारो भइरहँदैन।’

Shares

प्रतिक्रिया