राजनीति


जेनजी आन्दोलनमा जलेको पार्टी कार्यालय पुनर्निर्माण गर्ने एमालेको निर्णय

जेनजी आन्दोलनमा जलेको पार्टी कार्यालय पुनर्निर्माण गर्ने एमालेको निर्णय

नेपालखबर
असोज ८, २०८२ बुधबार १९:३८, काठमाडौँ

नेकपा (एमाले) ले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजननीमा परेको पार्टी केन्द्रीय कार्यालयको भवन यथाशक्य पुनःनिर्माण गरेर सञ्चालनमा ल्याउने भएको छ।

बुधबार दिउँसो काठमाडौंमा बसेको केन्द्रीय कार्यालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिप प्रदीप ज्ञवालीले जानकारी दिए। उनले प्राविधिकहरूको प्रतिवेदनअनुसार केन्द्रीय कार्यालयका ६ वटा हलहरु पुनःनिर्माण गर्न नसकिने गरी ध्वस्त भएको उल्लेख गर्दै नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए।

उनले शहीद तुल्सीलाल प्रतिष्ठानसँग छलफल गरेर भवन निर्माणको कार्यलाई शुरु गरिने समेत बताए। 

उनले भने, ‘मुख्यतः भदौ २४ गते जलेर ध्वस्त भएको केन्द्रीय कार्यालयलाई कसरी सञ्चालन र पुनर्निर्माण गर्ने भन्ने विषयमा अलि लामो समय लिएर छलफल गर्यौँ। भर्खरै प्राविधिकहरूले भवनको अवस्थाको बारेमा जानकारी गराउनुभएको छ। भवनमा निकै ठूलो क्षति पुगेको छ। ६ वटा कोठाहरूमा एकदमै नयाँ ढंगले रेफ्रोफिट गर्नुपर्ने अवस्था छ। यसलाई कसरी गर्ने भन्नेबारे शहीद तुल्सिलाल प्रतिष्ठानको संरचना हो यो। उहाँहरूसँग बसेर छलफल गर्ने र केन्द्रीय कार्यालय छिटोभन्दा छिटो निर्माण गर्ने कुरामा नै हाम्रो छलफल केन्द्रित थियो।’

उनले पार्टीमा नेतृत्व परिवर्तनको विषयमा बैठकमा छलफल नभएको स्पष्ट पारे। जेनजी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको प्रश्न उठिरहेको छ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यसबारे पार्टी अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad