राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका क्रममा आफूले ललितपुरस्थित नक्खु जेल परिसरमा आगजनी गर्न उक्साएको नभई रोक्ने प्रयास गरेको दाबी गरेका छन्।
केही दिनअघि नक्खु कारागारको गेटमा युवाको समूहले आगो बाल्दै गरेको र झा त्यहाँबाट हात हल्लाउँदै बाहिरिँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाउँदै आगजानी गर्न उक्साएको आरोप लगाइएको थियो।
यस विषयमा रास्वपा प्रवक्ता झाले आज (मंगलबार) पार्टीको केन्द्रीय समितिको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिएका हुन्।
‘आगलागी हुँदै गर्दा एउटा राजनीतिज्ञले रोक्न जाने धर्म हो। मेरो पार्टी सभापति २ सय मिटर टाढा हुनुहुन्छ। त्यो अभियोग हामीलाई लाग्छ भन्ने डर पनि छ। त्यसैले रोक्न गएको हुँ’, उनले भने, ‘मैले त्यो भिडिओसहित प्रहरीलाई यस विषयमा छानबिन गर्न आग्रह गरेको छु।’
Shares

प्रतिक्रिया