राजनीति


रास्वपा प्रवक्ता मनीष झाले नक्खु कारागारमा आगो लगाउन उक्साएको आरोप लगाउँदै भिडिओ भाइरल

रास्वपा प्रवक्ता मनीष झाले नक्खु कारागारमा आगो लगाउन उक्साएको आरोप लगाउँदै भिडिओ भाइरल

दुवै तस्बिर सामाजिक सञ्जालमा राखिएको भिडिओबाट स्क्रिनसट।


नेपालखबर
असोज ४, २०८२ शनिबार १०:५४, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागार परिसरमा आगजनी गर्न उक्साएको भन्दै एउटा भिडिओ भाइरल बनाइएको छ। 

सार्वजनिक भिडिओमा युवाहरूको जमातले गेटमा आगो लगाइरहेको देखिन्छ भने तत्कालीन सांसदसमेत रहेका झा हात हल्लाएर आगजनीस्थलबाट हिँडेको देखिन्छ। 

सामाजिक सञ्जालमा भिडिओ राख्नेले भने उनले युवाहरूलाई कारागारमा आगो लगाउन उक्साएर भागेको आरोप लगाएका छन्। 

हेर्नुहोस्, सामाजिक सञ्जालमा राखिएको भिडिओ-

यद्यपि उक्त भिडिओको प्रामणिकता स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। 

यस विषयमा वास्तविकता बुझ्न नेपालखबरले शनिबार बिहान ९:५३ देखि १०:३३ बजेसम्म तीनपटक रास्वपा प्रवक्ता झाको नम्बरमा फोन लगाउँदा ‘कल फरवार्डेड’ भनेर सम्पर्क हुन सकेन। 

न उनी स्वयंले यो खबर लेख्दासम्म त्यस भिडिओका विषयमा कुनै टिप्पणी गरेका छन्। 

स्मरण रहोस्, जेनजी आन्दोलनका कारण असुरक्षा भएको भन्दै भदौ २४ गते रास्वपाका सभापति रवि लामिछानेलाई कारागारबाट निकालिएको थियो। त्यस क्रममा मौकामा चौका हानेर रवि जेलबाट भागेको भनेर आलोचना पनि भयो। 

यसपछि रविले भिडिओ सन्देश जारी गर्दै आफूलाई कारागार प्रशासनले नै पत्र थमाएर जेलबाट बाहिरिन अनुमति दिएको दाबी गरेका थिए। तर त्यो पत्र पनि नक्कली रहेको भनी विवाद भएको थियो। 

अहिले भने रवि कारागार फर्किसकेका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका उनी सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा थुनिएका हुन्। मुद्दाको फैसला हुन भने बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad