राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ।
पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको हो।
जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरी बैठक सुरु गरिएको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए।
उनका अनुसार बैठकमा यी ७ विषयमा छलफल हुँदै छ।
१. समसामयिक अवस्था र बैठकबारे।
२. प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट)।
३. परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा।
४. पार्टी संगठन एवं विभाग सम्बन्धमा।
५. आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा।
६. पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा।
७. विविध।
प्रवक्ता झाका अनुसार पत्रकारसँग अन्तरक्रियाका लागि दिउँसो १ बजे र बैठक सकिएपछि फेरि ४ बजे समय निर्धारण गरिएको छ।
Shares

प्रतिक्रिया