राजनीति


सञ्चार मन्त्रालयमा सञ्चारकर्मी मन्त्री (तस्बिरहरू)

सञ्चार मन्त्रालयमा सञ्चारकर्मी मन्त्री (तस्बिरहरू)

सरोज नेपाल
असोज ६, २०८२ सोमबार २०:५६, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन्।

सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन्।

लामो समयदेखि सञ्चारकर्ममा जुटेका मन्त्री खरेल जेनजी आन्दोलनको रापतापले मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका हुन्। 

सञ्चार माध्यममा खरो प्रश्न सोधेर चर्चामा आएका मन्त्री खरेल अब आफैं जवाफ दिने ठाउँमा पुगेका छन्।

मन्त्री पदको शपथ लिनुअघि मात्रै उनले आफू कार्यरत टेलिभिजनबाट बिदा लिएका थिए।

पदभार ग्रहण गर्न मन्त्रालयमा उनी पुग्दा सञ्चार सचिवलगायत कर्मचारीहरूले स्वागत गरे। 

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा ५ महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad