राजनीति


जेनजी आन्दोलनपछि कार्यालय फर्किएका छैनन् काठमाडौँका सीडीओ

जेनजी आन्दोलनपछि कार्यालय फर्किएका छैनन् काठमाडौँका सीडीओ

नेपालखबर
असोज ६, २०८२ सोमबार २१:४, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल अझै कार्यालय फर्किएका छैनन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सुरक्षा दिन नसकेको र सुरक्षाकर्मी परिचालन सही ढंगले गर्न नसकेको आरोप उनीमाथि छ।

उनीमाथि प्रदर्शनमा उत्रिएका गोली चलाउन आदेश दिएको आरोप पनि उनले खेपे। उनकै कारण जेनजी प्रदर्शनकारीको ज्यान गएको भन्दै केही प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुगेर तोडफोड पनि गरे।

त्यतिबेला उनी कार्यालयबाट निस्किसकेका थिए। पहिलो दिन (भदौ २३) मा नै उनीमाथि सुरक्षा खतरा बढेको अनुमानपछि जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट उनको तस्बिर हटाइयो। अहिलेसम्म (असोज ६ गते साँझ) पनि उनको तस्बिर वेबसाइटमा राखिएको छैन, नाम मात्रै उल्लेख छ।

गृह मन्त्रालय स्रोतका अनुसार, अवस्था अझै सहज नबनेकोले उनी कार्यालयमा नफर्किएका हुन्।

‘उहाँ सकुशल र सुरक्षित ठाउँमा हुनुहुन्छ तर बाहिरको वातावरण अझै शान्त नभएकोले कार्यालयमा नजानुभएको जानकारी पाएका छौँ,’ मन्त्रालयका ती अधिकारीले भने, ‘बाहिरको मास सेटल भइसकेको छैन। यति ठूलो घटना भइसकेपछि सायद अब सरूवा पनि हुन्छ होला।’

गत भदौ ४ गते मात्र उनले काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad