नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानबिन गरी कारबाही हुनुपर्ने बताएका छन्।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको चाक्सीबारीस्थित निजी निवासको अनुगमन एवं निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तित्वहरुले राजनीतिक मन्दिरको रुपमा लिने गरे पनि अहिले आगजनी र तोडफोड गरी नष्ट पारिएकोप्रति चिन्ता व्यक्त गरे।
‘धेरैले गणेशमानजीको घर भएकाले यसलाई राजनीतिक मन्दिरको रुपमा लिने गर्नुहुन्छ, मलाई पनि धेरैले भन्नुभएको छ,’ सिंहले भने, ‘कतैबाट काम नभएपछि बुबा आमको जस्तो गरी आउने ठाउँ यही हो। अहिले पनि अरु ठाउँमा जान्छ जान्छ, अन्तिममा केही नभएपछि आउने ठाउँ यहि हो। जेन जीले इतिहास मेटाउनुपर्छ भनेर गरेको होइन, तर घुसपैठ भयो। २०४६ को जनआन्दोलन सुरु गर्ने ठाउँ यही हो। ०४६ को परिवर्तन ल्याउनमा चाक्सीबारीले खेलेको भूमिकालाई अब अहिलेको मुभमेण्टको समयमा जलाइएको छ।’
‘नेपाली कांग्रेसका इमान्दार नेताहरुलाई सम्मान गर्ने ठाउँ हो, कांग्रेसका इमान्दार नेताहरु बस्ने घरहरु जलाइएको छ। के गर्न खोजेको भन्ने स्पष्ट छ। हामी विधिको शासनका लागि लडेका हौँ। विधिअनुसार आगजनी र तोडफोडको छानबि हुनुपर्छ।’
उनले राजनीतिक दलहरुलाई निस्तेज गर्न खोजिएको भन्दै त्यस गर्न नहुनेमा जोड दिए।
Shares

प्रतिक्रिया