राजनीति


बिल नभएका गरगहना खरिदबिक्री नगर्न प्रहरीको अनुरोध

बिल नभएका गरगहना खरिदबिक्री नगर्न प्रहरीको अनुरोध

नेपालखबर
असोज १, २०८२ बुधबार १४:३६, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिल बीजकको गरगहना, सुनचाँदी खरिदबिक्री नगर्न आग्रह गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै सुनचाँदी पसललाई यस्तो आग्रह गरेको हो।

प्रहरीले त्यस्तो कार्यमा जोडिए सुनचाँदी पसललाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

‘मिति २०८२/०५/२३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा राजधानी काठमाडौंका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालयहरू, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानहरू लगायत व्यक्तिगत घर/भवनमा समेत आगजनी तोडफोड गर्ने समूहले बहुमूल्य गरगहना, सरसामान (सुन, चाँदी, हिराजवारत) चोरी लुटपाट गरी लगेको विवरणहरू प्राप्त भइरहेकोले उक्त आपराधिक समूहले लुटिएका गरगहना विक्री गर्न राजधानीका सुनचाँदी पसलमा ल्याउन सक्ने हुँदा बिल भरपाई बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न हुन र त्यस्तो कुनै सूचना पाइएमा तत्काल प्रहरीलाई खबर गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ,’विज्ञप्तिमा उल्लेख छ।

यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, यस जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२ वा नजिकको प्रहरी कार्यालयमा सो को जानकारी दिन प्रहरीले आग्रह गरेको छ।

यस्तो छ प्रहरीको सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad