राजनीति


डा सन्दुक रुइतले प्रधानमन्त्रीलाई भने: बिरामी छोडेर मन्त्री हुने समय छैन

डा सन्दुक रुइतले  प्रधानमन्त्रीलाई भने: बिरामी छोडेर मन्त्री हुने समय छैन

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १२:५५, काठमाडौँ

 वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीलाई आफू मन्त्री नबन्ने जवाफ दिएका छन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर प्रधानमन्त्री कार्कीले रुइतलाई आफू नेतृत्वको सरकारमा मन्त्री बन्न आग्रह गरेकी थिइन्। 

कार्कीको आग्रहपछि डा रुइतले सरकारलाई आफूले सहयोग गर्ने तर, सरकारमा मन्त्री बनेर सहभागी हुन नसक्ने बताए। 

प्रधानमन्त्रीसँगको भेटपछि रुइतले सञ्चारकर्मीलाई आफूले मन्त्री नबन्ने जानकारी गराएको बताए। 

'प्रधानमन्त्रीले सरकार अलि जटिल अवस्थामा बनेको छ। सरकारमै सहभागी भएर सहयोग गर्नुपर्‍यो भनेर भन्नु भएको थियो,' उनले भने, 'मैले उहाँलाई अहिलेको समय बिरामीलाई छाड्न सक्ने खालको छैन। मेरो प्राथमिकतामा बिरामी नै छन्। म सरकारमा सहभागी हुँदिन तर सहयोग हुन्छ भनेर भनेँ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad