राजनीति


अर्याललाई २, घिसिङलाई ३ दिँदा पनि प्रधानमन्त्री कार्कीको काँधमा १५ मन्त्रालयको जिम्मेवारी

अर्याललाई २, घिसिङलाई ३ दिँदा पनि प्रधानमन्त्री कार्कीको काँधमा १५ मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री सुशीला कार्की


नेपालखबर
भदौ ३१, २०८२ मंगलबार ९:४०, काठमाडौँ

जेनजी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा अहिलेसम्म ४ सदस्य मात्र छन्।

जसमा कार्की प्रधानमन्त्री तथा रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङ मन्त्री छन्।

खनाल अर्थमन्त्री बन्दा गृहमन्त्री अर्याल र ऊर्जामन्त्री घिसिङले क्रमश: दुई र तीन मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला तथा घिसिङले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहकारी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका हुन्।

बाँकी १५ मन्त्रालयको जिम्मेवारी भने अझै प्रधानमन्त्री कार्कीकै काँधमा छ।

हेर्नुहोस्, सूची

सुशीला कार्की (प्रधानमन्त्री)

-उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय

-कृषि तथा पशुपन्छी मन्त्रालय

-खानेपानी मन्त्रालय

-परराष्ट्र मन्त्रालय

-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

-बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

-युवा तथा खेलकुद मन्त्रालय

-रक्षा मन्त्रालय

-वन तथा वातावरण मन्त्रालय

-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

-सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

रामेश्वर प्रसाद खनाल
-अर्थ मन्त्रालय

ओम प्रकाश अर्याल
-गृह मन्त्रालय

-कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

कुलमान घिसिङ
-ऊर्जा, जलस्रोत तथा सिंचाई

-भौतिक पूर्वाधार तथा यातायात

-सहरी विकास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad