अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागुऔषध लिएर आइरहेको भेनेजुएलाको डुंगा ध्वस्त पारिएको बताएका छन्।
ट्रम्पले अमेरिकातर्फ आइरहेको डुंगालाई सेनाले आक्रमण गर्दा तीन जनाको मृत्यु भएको उल्लेख गरेका छन्।
उनले यो कारबाही ‘हिंस्रक लागुऔषध तस्करी गिरोह’विरुद्ध गरिएको दाबी गरेका छन्। तर उनले डुंगामा लागुऔषध रहेको कुनै प्रमाण दिएका छैनन्।
ट्रम्पले ट्रुथ सोसलमा करिब ३० सेकेन्डको भिडिओ पोस्ट गरेका छन्, जसमा पानीमा विस्फोट भएको र आगोको मुस्लोमा डुंगा देखिन्छ।
हेर्नुहोस् भिडिओ-
यसको केही समयअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशले अमेरिकाको आक्रमणको जवाफ दिने बताएका थिए। उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई ‘मृत्यु र युद्धका मालिक’ भनी टिप्पणी गरेका थिए।
लागुऔषध तस्करी रोक्ने अभियानको एक भागका रूपमा अमेरिकाले दक्षिणी क्यारिबियन क्षेत्रमा युद्धपोत तैनाथ गरेपछि दुई देशबीच तनाव बढेको छ।
यस क्रममा गरिएको एउटा आक्रमणमा ११ जनाको मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया