राजनीति


विद्यालय समयमा पोशाक लगाएर टिकटक नबनाउन शिक्षक कर्मचारीलाई शिक्षा मन्त्रालयको निर्देशन

विद्यालय समयमा पोशाक लगाएर टिकटक नबनाउन शिक्षक कर्मचारीलाई शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा मन्त्रालय। फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०८२ सोमबार १८:५७, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीहरूलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडिओलगायत बाल मनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाई पोस्ट गर्ने गुनासो प्राप्त भएको मन्त्रालयले जनाएको छ।

सोही गुनासोको आधारमा मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई तोकिएको पोशाकमा टिकटक भिडियो बनाएर सामाजिक सञ्जालनमा पोस्ट नगर्न भनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad