हङकङ विमानस्थलको टर्मिनल २ मंगलबारदेखि सञ्चालनमा

हङकङ विमानस्थलको टर्मिनल २ मंगलबारदेखि सञ्चालनमा

पुनर्निर्मित टर्मिनल २ को नयाँ कोच हलमा मिडियासँग कुरा गर्दै विमानस्थल प्राधिकरणका कार्यकारी निर्देशक स्टिवन यिउ (एससीएमपी)


नेपालखबर
भदौ ३०, २०८२ सोमबार १९:२, हङकङ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारित टर्मिनल २ मंगलबारदेखि चरणबद्ध रूपमा सञ्चालनमा आउने भएको छ। विमानस्थल प्राधिकरणका अनुसार सुरुमा कोच प्रतिक्षा लाउन्ज खोलिनेछ।

‘लाउन्जमा टुर कोच, सीमापार बस, सीमापार लिमोजिन र आवासीय शटल बसहरूको लागि ४१ वटा पार्किङ बेहरू छन्,’ विमानस्थल सञ्चालनका कार्यकारी निर्देशक स्टिवन यिउलाई उद्धृत गर्दै द स्ट्यान्डर्ड लेख्छ।

६ महिनामा, टर्मिनल २ को प्रस्थान स्तर पनि सञ्चालनमा आउनेछ, जुन बिन्दुमा केही एयरलाइन्सका लागि चेक-इन काउन्टरहरू टर्मिनल १ बाट टर्मिनल २ मा स्थानान्तरण गरिनेछन्।

यसैगरी, अर्को महिनादेखि कर हङकङ डलर १२० बाट बढाएर हङकङ डलर २०० पुग्ने भएको छ। साथसाथै यसमा छुटको व्यवस्था समेत राखिएको छ।

विमानस्थल प्राधिकरणका अनुसार छुटका लागि योग्य यात्रुले कर फिर्ताको लागि इलेक्ट्रोनिक रूपमा आवेदन दिन सक्ने छन्।

योग्य यात्रुको सूचीमा, हङकङमा हवाई, जमिन वा समुद्र हुँदै आइपुग्ने र दुई दिनभित्र हवाई मार्गबाट प्रस्थान गर्ने यात्रुहरू पनि हवाई प्रस्थान कर छुटको लागि योग्य हुने छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .