एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे तत्कालीन सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको साढे पाँच महिनामै कुलमान घिसिङ ऊर्जामन्त्री बनेका छन्।
जेनजी आन्दोलनको बलमा ऊर्जामन्त्री बनेका घिसिङलाई केही बेरअघि राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जामन्त्रीको शपथ गराएका हुन्।
गएको चैत ११ गते तत्कालीन प्रधानमन्त्री ओली र ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेका थिए।
कुलमान २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए।
नेपाललाई लोडसेडिङ मुक्त गर्न सकारात्मक भूमिका निर्वाह गरेको भन्दै आम नागरिकले कुलमानको प्रशंसा गर्दै आएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र माओवादीकै नेता जनार्दन शर्मा ऊर्जामन्त्री भएको बेला घिसिङ पहिलोपटक २०७३ साल असार ३० गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।
उनै घिसिङ आज (भदौ ३०) गते मन्त्री ऊर्जामन्त्री नियुक्त भएका हुन्।

Shares

प्रतिक्रिया