राजनीति


परराष्ट्रमा सारियो गृह मन्त्रालय

परराष्ट्रमा सारियो गृह मन्त्रालय

सरोज नेपाल
भदौ ३०, २०८२ सोमबार १२:६, काठमाडौँ

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय सञ्चालन हुँदै आएकाे भवनमा अब गृह मन्त्रालय सञ्चालन हुने भएको छ। 

यसअघि गृहमन्त्रालय सञ्चालन हुँदै आएकाे भवन भदौ २४ गतेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि गृह मन्त्रालय परराष्ट्र मन्त्रालय रहेकाे भवनमा सारिएको हो। 

परराष्ट्र मन्त्रालय भने पहिलाकै भवनमा यथावत सञ्चालन हुँदैछ। परराष्ट्र मन्त्रालयकाे एउटा शाखा सञ्चालन हुँदै आएकाे भवनमा अब गृह मन्त्रलय सञ्चालन हुन लागेकाे हाे। 

अहिले पुरानाे गृह मन्त्रालयबाट आगलागीबाट जाेगिएका सरसामान धमाधम नयाँ ठाउँमा सार्ने काम भइरहेकाे छ।

अधिवक्ता एवं अधिकारकर्मीसमेत रहेका ओमप्रकाश अर्याल गृहमन्त्री बन्दैछन्। उनलाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad