राजनीति


मन्त्रीहरूको शपथमा राष्ट्रिय सभा अध्यक्ष जाँदा सभामुख देखिएनन्

मन्त्रीहरूको शपथमा राष्ट्रिय सभा अध्यक्ष जाँदा सभामुख देखिएनन्

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १२:३३, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार भएको छ। सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल गरी ३ जनाले शपथ लिएका हुन्। 

तर, राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा एउटा रोचक दृश्य देखियो। प्रधानमन्त्री कार्कीको शपथ समारोहमा नगएका राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल मन्त्रीहरूको शपथमा उपस्थित भए। 

त्यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे भने शपथ सामारोहमा देखिएनन्। उनी प्रधानमन्त्रीको शपथमा पनि देखिएका थिएनन्।

प्रधानमन्त्रीको शपथमा उपराष्ट्रपति रामसाहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहभागी थिए। हाल प्रतिनिधि सभा विघटन भएको छ भने राष्ट्रिय सभा निरन्तर चल्ने गर्दछ। 

शपथ सामारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री, उपराष्ट्रपति यादव, प्रधानमन्त्री कार्की र राउत पनि सहभागी भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad