पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिनभर भएको छलफलपछि कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।
आजै प्रधानमन्त्री कार्कीसहित सानो आकारको मन्त्रिमण्डल पनि गठन हुँदैछ।
अन्तरिम मन्त्रिमण्डलको पहिलो बैठक शीतल निवासमा बस्ने जनाइएको छ।
सोही बैठकले संसद विघटनलगायतका सिफारिस गर्नेछ।
छलफलका क्रममा र त्यसपछि शीतल निवास परिसरको सुरक्षा अवस्था कडा पारिएको छ।
सर्वसाधारण एवम् सञ्चारकर्मीलाई शीतल निवास प्रवेश गर्न दिइएको छैन। तर, कुटनीतिक नियोगका गाडीहरू भने शीतल निवासमा प्रवेश गरिरहेका छन्।








597
Shares

प्रतिक्रिया