राजनीति


प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

जल्दै गरेको संसद् भवन


नेपालखबर
भदौ २५, २०८२ बुधबार १५:४४, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको तोडफोड तथा आगजनीपछि बुधबारका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले आज एक सूचना प्रकाशित गर्दै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

सूचनामा भनिएको छ, ‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिउँसो १ :०० बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले संसद् नियमावली, २०७९ को नियम ६ को उपनियम (३) अनुसार सभामुखज्यूले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि प्रकाशित गरिएको छ।’

यसअघि भदौ २३ गतेका लागि तय गरिएको राष्ट्रियसभा बैठक पनि सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

सिंहदरबार र संसद् भवन क्षेत्रमाथि भएको आक्रमणपछि संघीय संसद्को दुवै सदनको बैठक स्थगित हुनु गम्भीर संवैधानिक चुनौतीका रूपमा देखिएको छ। घटनापछि संसद् भवनको भौतिक संरचनामा व्यापक क्षति पुगेको छ भने सुरक्षा व्यवस्था समेत थप कडा पारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad