राजनीति


सांसद गगन थापाको प्रधानमन्त्रीलाई व्यंग्यः आँखा र कान जचाउँनुस्

सांसद गगन थापाको प्रधानमन्त्रीलाई व्यंग्यः आँखा र कान जचाउँनुस्

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ८:५२,

नेपाली कांग्रसका सांसद गगन थापाले जनताको दुख नदेख्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गर्दै आँखा र कान जचाँउन सुझाव दिएका छन्।

सरकारी सञ्चार माध्यमलाई आइतबार अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित भनेर टिप्पणी गरेका थिए ।

प्रधानमन्त्रीको उक्त भनाईप्रति लक्षित गर्दै सांसद थापाले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा कान र आँखा जचाउँन सुझाव दिएका हुन्।

थापाले लेखेका छन्, ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित, तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनको पक्षमा उठेका आवाज ‘कर्कश ध्वनि’ ठान्ने हो भने पिएमज्यू, आँखा र कान परीक्षण गराउन उपयुक्त होला।’

सरकारले दोस्रो पटक लकडाउनको म्याद थप गरेपछि विभिन्न जिल्लामा रहेका मजदूरहरु जाजरकोट, कैलाली, सप्तरी लगायतका जिल्लामा समेत पैदलै जान थालेका थिए।

खाना खान नपाएपछि श्रमिक÷मजदुर पैदलै हिडेर घर जानेहरुको भिडियो तथा तस्बिरसहित समाचार सञ्चारमाध्यमले दैनिक प्रसारण गरेपछि प्रधानमन्त्री रोषपूर्ण अभिव्यक्ति आएको थियो।

सरकारी सञ्चार माध्यमहरुका प्रतिनिधिलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले प्रहरी र प्रशासनले थाहा नपाएको कुरा पत्रकारले थाहा पाउनुलाई रहस्यमय भनी व्याख्या गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .