कारोबार


डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न क्लासिक टेकको आग्रह

डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न क्लासिक टेकको आग्रह

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ८:५१,

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न आफ्ना ग्राहकलाई आग्रह गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत ५ गते लकडाउनमा पैसा सकिए पनि सेवा निरन्तर दिन कम्पनीहरुलाई निर्देशन जारी गरेको थियो।

उक्त निर्देशन पालना गरेको जनाउँदै क्लासिक टेकले नसक्ने, वृद्ध ग्राहक बाहेक अन्य ग्राहकलाई डिजिटल माध्यमबाट बिल भुक्तानीको आग्रह गरेको हो।

विषम परिस्थितिमा अत्यावश्यक सेवा सुचारु राख्नुपर्ने र इन्टरनेट सेवा पनि यसभित्रै पर्ने भएकाले आफूहरु जिम्मेवार रहेको पनि कम्पनीले जनाएको छ। लकडाउनमा इन्टरनेट खपत धेरै भएको कम्पनीको भनाइ छ। यस अवस्थामा निरन्तर सेवा प्रवाह गर्न सक्नु नै ठूलो चुनौती भए पनि त्यसलाई सामना गरिरहेको कम्पनीले जनाएको छ।

यस्तो अवस्थामा कम्पनीमाथि आर्थिक भार बढेकोले अपवादबाहेक अन्य ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न कम्पनीले आग्रह गरेको हो। कम्पनीले आवश्यक परेको खण्डमा घरमै कर्मचारीलाई सुरक्षित रुपमा बिल भुक्तानीका लागि पठाउने समेत जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad