राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट प्राप्त पत्र सार्वजनिक गरेका छन्।
उनले कारागारबाट सबै कागजी प्रक्रिया पूरा गरेर निस्किएको जानकारी दिँदै उक्त पत्र सार्वजनिक गरेका हुन्।
पत्रमा लेखिएको छ, ‘देशमा अमनचयन कायम गर्न न्यायको प्रत्याभूति आवश्यक भएकोले गोरखा मिडियासँग सम्बन्धित विषयलाई सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दामा हाल थुनामा रहनुभएका मा. रवि लामिछानेलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। मुद्दा फिर्ता गर्ने कानुनी प्रक्रियामा समय लाग्ने भएको र सो अवधिमा थुनामा राखिराख्दा थप अन्याय हुन जाने तथा देशमा अमनचयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुनामुक्त गर्न निर्णायानुसार जानकारी गराइन्छ। मुलुकमा व्याप्त परिस्थितिलाई मध्यनजर गर्दै मा. लामिछानेले रिहा हुन मञ्जुर गर्नुभएको श्रीमान् गृह सचिवज्यूको आदेशानुसार व्यहोरा अनुरोध छ।’

Shares

प्रतिक्रिया