बानेश्वर क्षेत्रबाट प्रहरीले नियन्त्रणका लिएका व्यक्तिहरू मुक्त भएका छन्।
प्रदर्शनकारी संसद भवनभित्रै छिरेपछि प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई पनि छाडिदिएको हो।
आज मंगलबार बिहान संसद भवन बाहिरबाट प्रहरीले नियन्त्रणमा लिएका प्रमोद सापकोटा लगायत नियन्त्रणमा राखिएका सबैलाई प्रहरीले छोडिदिएको हो।
प्रदर्शनकारी संसद भवनभित्र छिरेर सम्हाल्न नसक्ने स्थिति भएपछि प्रहरीले उनीहरूलाई छोडिदिएको प्रमोदले आफ्ना बुवालाई बताएका हुन्।
आफू छुटेपछि प्रमोदले आफ्ना बुवा प्रल्हादलाई फोन गरेर ‘मलाई प्रहरीले छोडिदिएको छ, चिन्ता नगर्नुहोस्, म घर फर्कँदै छु’ भनेका छन्।
गोठाटार, भक्तपुरका २५ वर्षीय प्रमोद सापकोटा बिहान बानेश्वर पुगेका थिए। संसद भवनअगाडि प्रदर्शनकारीसँग लिएको अन्तर्वाता हेरेर बसिरहेका बेला प्रहरीले लछारपछार पारी नियन्त्रणमा लिएको थियो। उनीसँगै अन्य व्यक्ति पनि प्रहरीको नियन्त्रणमा परेका थिए।
बिहान करिब ९-१० बजेतिर भएको यस घटनापश्चात् प्रमोद समम्पर्कविहीन भएपछि उनका बुवाले खोजी गरिदिन अपिल गरेका थिए।
Shares

प्रतिक्रिया