राजनीति


बिमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाको आवेदन (नामसहित)

बिमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाको आवेदन (नामसहित)

नेपालखबर
भदौ २१, २०८२ शनिबार १५:३२, काठमाडौँ

नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाको आवेदन परेको छ। प्राधिकरणले अध्यक्ष पदका लागि आह्वान गरेको सात दिनको म्यादभित्र १४ जनाको नामबाट आवेदन प्राप्त भएको हो। 

अर्थमन्त्रालयका अनुसार ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौँका विक्रान्त पाण्डे, भक्तपुरका पारस काफ्ले, काठमाडौँका विष्णुबाबु मिश्र, काठमाडौँका बुद्धकाजी श्रेष्ठ, कास्कीका डा दामोदर बसौला, काठमाडौँका चिन्तामणी शिवाकोटी, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देवकुमार ढकालको आवेदन परेको छ। 

त्यस्तै लमजुङका प्राडा दीपकबहादुर भण्डारी, काठमाडौँका डा राजेन्द्र पण्डित, दाङका यज्ञप्रसाद न्यौपाने, काठमाडौँका रमेशकुमार भट्टराई र भक्तपुरका महेश्वर न्यौपानेको आवेदन परेको हो। 

अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नेपाल सरकारसमक्ष सिफारिस गर्न ७ दिनको मिति राखेर भदौ १४ गते नयाँ सूचना सार्वजनिक गरेको थियो।  

यसअघि सरकारले अध्यक्ष नियुक्तिका गर्नका लागि सिफारिस समिति गठन गरेको थियो। सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।

सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहेका छन्। सरकारले प्राधिकरणको अध्यक्षबाट शरद ओझालाई हटाएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad