नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न बनाइएका समूहमा कसलाई संयोजक तोक्ने भन्ने विवाद भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले ९ समूह बनाएर छलफल गर्न निर्देशन दिएका थिए तर केही समूहमा संयोजक तोक्ने कुरामा विवाद भएको एक नेताले बताए।
‘अहिले त पक्ष-विपक्ष हेर्न थालिएको छ, समुहको संयोजक तोक्ने कुरामा पनि केही समुहमा विवाद भयो,' ती नेताले नेपालखबरसँग भने, 'अनि प्रदेश इन्चार्जलाई नै संयोजक तोकेर छलफल सुरु गरिएको छ।'
एमालेले प्रतिवेदनमाथि छलफल गर्न नौ वटा समूह बनाएको छ। जसमा ७ वटा प्रदेश कमिटी र जनवर्गीय संगठन दुईवाट सहित नौ वटा समूह छ।
विद्या भण्डारीतिर खुलेका नेता संयोजक बन्ने डरले इन्चार्जलाई नै संयोजक बनाइएको ती नेता बताउँछन्।
6
Shares

प्रतिक्रिया