राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कला, संस्कृति र सम्पदाको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनको लागि सरकार मात्र नभई निजी क्षेत्र र आम नागरिक सबैको साझा दायित्व रहेको बताएका छन्।
शुक्रबार नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतान्त्रिक शासन प्रणालीमा सबै वर्ग, क्षेत्र र पेसाले समान अवसर पाउने उल्लेख गर्दै सम्पदा संरक्षणमा चनाखो हुन सम्पदाप्रेमीहरूलाई आग्रह गरे।
नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा महोत्सव आयोजना हुनु सकारात्मक पहल भएको उल्लेख गर्दै यस्तो कार्यक्रमले नेपालका हिमालदेखि सांस्कृतिक धरोहरसम्मका कथा विश्वसामु चिनाउन योगदान गर्ने विश्वास व्यक्त गरे। उनले लोकतान्त्रिक व्यवस्थामा सबै वर्ग, क्षेत्र र जातिको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुनेमा विश्वास समेत व्यक्त गरे।
उनले भने, ‘देशका विभिन्न क्षेत्रका संस्कृति तथा धरोहर, सम्पदा तथा गतिविधिको अध्ययन, अनुसन्धान विश्वमा चिनाउने यस्ता सम्पदा र संस्कृतिको विकास र संरक्षणलाई सरकारले प्राथमिकता दिनुपर्छ। यसको संरक्षणको लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्छ। लोकतान्त्रिक शासन प्रणालीमा नै सबै वर्ग, क्षेत्र र पेसाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ। लोकतन्त्रको सुन्दर पक्ष नै यही हो।’
व्यवस्थामा प्राप्त उपलब्धी र अवसरहरूको उपयोग गरी भाषा, कला र संस्कृतिको विकास गर्नतर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको राष्ट्रपतिले बताए।
Shares

प्रतिक्रिया