नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले उखु किसानका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी भएको बताए। उखु सिकसाको बक्यौता भुक्तानी, सरकारी अनुदान पूर्ववत राख्न तथा मल आपूर्ति गर्न माग गरे।
‘सभामुख महोदय कृषिप्रधान देशका किसानहरु निरन्तर समस्यामा छन्,’ केसीले भने, ‘उखु किसानहरु भुक्तानी ढिलाई, सरकारी अनुदान कटौती, कम मूल्य र मलको अभावले धर्नामा छन्। तत्काल माग सम्बोधन होस्।’
उनले बाढी पहिरोबाट विभिन्न ठाउँमा नागरिकले ज्यान गुमाइरहेको भएपनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए।
33
Shares

प्रतिक्रिया