राजनीति


चिनियाँ सैन्य परेड अवलोकन गर्न बेइजिङ पुगे प्रधानमन्त्री

चिनियाँ सैन्य परेड अवलोकन गर्न बेइजिङ पुगे प्रधानमन्त्री

सबै तस्बिर प्रधानमन्त्री ओलीको एक्स अकाउन्टबाट।


नेपालखबर
भदौ १७, २०८२ मंगलबार १०:४९, काठमाडौँ

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली त्यहाँस्थित तियानजिनबाट मंगलबार राजधानी बेइजिङ पुगेका छन्।

तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो।

त्यहाँ बुधबार आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ।

त्यस क्रममा चिनियाँ सैन्य परेड देखाइनेछ। जसमा प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका नेताहरूसँग देखिनेछन्। 

प्रधानमन्त्री ओली बुधबार नै नेपाल फर्किने कार्यतालिका छ।

मंगलबार प्रधानमन्त्री ओली बेइजिङ पुग्दाका थप तस्बिर:


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad