चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्यहाँको थियानजिनस्थित चाउ एनलाइ र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयले उक्त जानकारी दिएको हो।
चाउ एनलाइ चीनका पूर्वप्रधानमन्त्री हुन्।
हेर्नुहोस्, प्रधानमन्त्री ओलीले संग्रहालय अवलोकन गर्दाका केही तस्बिर:





प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित भदौ १४ देखि चीन भ्रमणमा छन्। यस क्रममा उनले शनिबार नै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरिसकेका छन्।
भेटमा उनले सीसँग भारत र चीनले नेपाललाई नसोधी नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति गरेकामा आपत्ति जनाए।
36
Shares

प्रतिक्रिया