राजनीति


बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार ११:२०, काठमाडौँ

बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक सुरु भएको छ। 

केही बेरअघिबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। 

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जान लागेका छन्। चीन जानुअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन ओली चीन जान लागेका हुन्।

केही दिनमै नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पद पनि खाली हुने भएकाले आजको मन्त्रिपरिषद् बैठकमा यस विषयमा पनि छलफल हुने सम्भावना छ। 

हालका आईजीपी दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाशमा जाँदै छन्। अब नयाँ आईजीपीका दाबेदारमा अतिरिक्त महानिरीक्षक चन्द्रकुबेर खापुङ अगाडि छन्।  

यसैबीच प्रधानमन्त्री ओलीले आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा पनि सम्बोधन गर्ने कार्यक्रम छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad