मध्यसोलु हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/०८२ को खुद मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो।
कम्पनीको चुक्ता पुँजी ७४.८४ करोड छ। उक्त चुक्ता पुँजीको ११ करोड २२ लाख ६० हजार रुपैयाँबराबरको बोनस र ०.७८९ प्रतिशतले हुने ५९ लाख ८ हजार ४ सय २१ रुपैयाँको नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरिएको छ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भएपछि आव २०८१÷०८२ को लागि बस्ने कम्पनीको आगामी चौथो वार्षिक साधारणसभाबाट अनुमोदन हुनुपर्नेछ। त्यसपछि मात्र सेयरधनीले लाभांश पाउनेछन्।
27
Shares

प्रतिक्रिया