राजनीति


विधान महाधिवेशन केन्द्रित हुन उपसमितिलाई महासचिव पोखरेलको निर्देशन

विधान महाधिवेशन केन्द्रित हुन उपसमितिलाई महासचिव पोखरेलको निर्देशन

नेपालखबर
भदौ ११, २०८२ बुधबार २०:३१, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न सबै उपसमितिलाई सक्रियतापूर्वक तयारीमा जुट्न निर्देशन दिएका छन्।  

महाधिवेशन व्यवस्थापन समितिको आजको बैठकलाई सम्बोधन गर्दै पोखरेलले विधान महाधिवेशनको मूल नारा तय भइसकेकाले अब त्यसकै आधारमा प्रचार प्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिए। 
 
पार्टी स्थायी कमिटी सदस्य एवं पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आठवटै उपसमितिका प्रमुखहरूले आफ्नो-आफ्नो तयारीका बारेमा रिर्पोटिङ गरेका थिए। 

प्रतिनिधी, मञ्च तथा हल, स्वयम् सेवक, आवास, खाद्य व्यवस्थापन उपसमितिले आफ्नो तयारीका बारेमा रिर्पोटिङ गरेका छन्। 

यसैगरी प्रचार-प्रसार यातायात,स्वस्थ्य,साँस्कृतिक,स्वागत गेट तथा साजसज्जा,दस्तावेज प्रकाशन र कार्यलय तथा आवास व्यवस्थापन टिमले आफ्ना तयारीका बारेमा रिर्पोटिङ गरेका छन्।  

पार्टीको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा हुँदैछ। 

पार्टीले हिजो मात्र महाधिवेशनको मूल नारा तय गरेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल,सुखी नेपाली राष्ट्रिय गन्तव्य’लाई पार्टीले मूल नारा बनाएको छ। 

गौतमका अनुसार स्वयम् सेवकका लागि विभिन्न जनसंगठनबाट करिब ३ सय जनाको नाम संकलन गरिएको छ। महाधिवेशनमा प्रतिनिधी र आयोजक गरी कुल २ हजार ३ सय ७८ रहेका छन्। 

प्रतिनिधिमात्र २ हजार १ सय २४ जनाले महाधिवेशनमा सहभागिता जनाउने छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad