प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएकी ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।
बुधबार उनले सभामुख देवराज घिमिरे समक्ष शपथ लिएकी हुन्। यसअघि उनलाई समितिको बैठकमा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।
समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लालको सभापतित्वमा बसेको बैठकमा न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।
उनको प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए।

117
Shares

प्रतिक्रिया