राजनीति


एमाले केन्द्रीय सदस्य महर पक्राउ, सरकारी वकिलमा बयान हुँदै

एमाले केन्द्रीय सदस्य महर पक्राउ, सरकारी वकिलमा बयान हुँदै

नेपालखबर
भदौ ११, २०८२ बुधबार १६:२२, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन्। 

उनको अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।

‘पक्राउ पुर्जी जारी भएपछि उहाँ ब्युरोमा उपस्थित हुनुभएको थियो। त्यसपछि हामीले आवश्यक कारबाही अगाडि बढाएका हौँ,’ उनले नेपालखबरसँग भने, ‘अहिले सरकारी वकिलको कार्यालयमा हुनुहुन्छ। यसपछि अदालत लैजान्छौँ।’

गाली बेइज्जती तथा चरीत्र हत्या गरेको भन्दै एक महिलाले उनीविरुद्ध हुलाकमार्फत साइबर व्युरोमा जाहेरी दिएकी थिइन्। 

उक्त जाहेरीपछि महरविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad