कारोबार


‘राष्ट्रिय निकुञ्जका कारण १७ हजारभन्दा बढी मेगावाटका आयोजनाहरू समस्यामा’

‘राष्ट्रिय निकुञ्जका कारण १७ हजारभन्दा बढी मेगावाटका आयोजनाहरू समस्यामा’

नेपालखबर
भदौ ११, २०८२ बुधबार १६:२५, काठमाडौँ

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले राष्ट्रिय निकुञ्जको समस्याका कारण १७ हजार भन्दाबढी मेगावाटका आयोजनाहरू समस्यमा परेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय निकुञ्जका कारण विद्युत क्षेत्रमा धरै समस्या आइरहेको बताए।

संसदले बनाएको ऐनअनुसार निजी क्षेत्रले लगानी गरेको तर सर्वोच्च अदालतले ऐन बाझियो भनेर रद्ध गरिदिएको भन्दै वन क्षेत्रमा बन्न लागेका १७ हजार भन्दा बढी मेगावाटका योजनाहरू समस्यमा परेको बताए। 

उक्त आयोजनाका लागि झन्डै दुई खर्ब भन्दा बढी लगानी भइसकेको भन्दै राजनीतिक दलहरुले एउटा निष्कर्ष निकाल्नुपर्ने बताए।

उनले भने, ‘राष्ट्रिय निकुञ्जका कुराले धेरै समस्या छ। नेपालको संसदले एउटा ऐन बनायो, निजी क्षेत्रहरु अघि बढे तर सर्वोच्च अदालतले ऐन बाझियो भनेर क्यान्सिल गरेको छ। सात, आठ महिना भइसक्यो, हामी वनमा छिर्न पाएको छैन। १७ हजार भन्दा बढी मेगावाटका योजनाहरु समस्यमा परेका छन्। हामी अन्योलमा छौँ। झन्डै दुई खर्ब भन्दा बढी लगानी भएको छ। त्यसमा के गरिदिने हो, राजनीतिक स्तरमा छलफल गरे अघि बढाउनुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु।’

अध्यक्ष कार्कीले विद्युत ऐन नेपाली जनताले लगानी गर्ने किसिमको आउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad