राजनीति


लिपुलेकबारे ढुक्कले कुरा गर्ने र सल्टाउने दम प्रधानमन्त्रीबाहेक अरुमा छैन : बास्कोटा

लिपुलेकबारे ढुक्कले कुरा गर्ने र सल्टाउने दम प्रधानमन्त्रीबाहेक अरुमा छैन : बास्कोटा

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०८२ सोमबार १७:५८, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालको लिम्पियाधुरा, लिपुलेक लगायतको भूभागबारे नेपाललाई मतलब नै नराख्ने नीति नेपालका कूटनीतिज्ञ र राजनीतिज्ञलाई पहिलेदेखि नै थाहा भएको बताएका छन्। 

समाजिक सञ्जालमार्फत उनले भनेका छन, ‘लिम्पीयाधुरा लिपुलेकबारे भारत चीन दुबैको नेपाललाई मतलव नै नराख्ने नीति नेपालका नेता र कूटनीतिज्ञलाई जानकारी नभएको थिएन।’

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै देशतिर यात्रा गर्ने अवसर मिलेको भन्दै ढुक्कले कुरा राख्नुपर्ने र त्यस्तो आँट अहिलेका प्रधानमन्त्रीमा मात्रै रहेको उल्लेख गरेका छन्।

‘अहिले प्रमको दुईतिरकै यात्रा स्वर्ण मौका हो, ढुक्कले कुरा गर्ने र सल्टाउने दम अरुमा छैन,’ बास्कोटाले लेखेका छन्, ‘मिचाहालाई एक इन्च मिच्न दिए, एक माइल मिच्छ भन्ने चिनीयाँ उखान छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad