नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भियतनाम भ्रमणको निम्तो दिएकी छिन्। आइतबार
काठमाडौँको याक एन्ड यति होटेलमा दुवै उपराष्ट्रपतिहरूको नेतृत्वमा भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा भियतनामकी उपराष्ट्रपतिले भ्रमणको निम्तो दिएको परराष्ट्र मन्त्रालयले बताएको छ।
उपराष्ट्रपति यादवले उपयुक्त समयमा भ्रमण गर्ने जवाफ भियतनामकी उपराष्ट्रपतिलाई दिएका थिए।
नेपालका उपराष्ट्रपतिको को निमन्त्रणामा नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा सुआनको भ्रमण भएको हो।
सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
नेपाल र भियतनामबीच १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। हाल दुई देशबीचको वार्षिक व्यापार १०० मिलियन डलरभन्दा कम छ।
भोलि सोमबार सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने छिन र काठमाडौँ तथा ललितपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने कार्यतालिका छ।
Shares

प्रतिक्रिया