कारोबार


सानिमा बैंक बन्यो चिनियाँ एक्जिम बैंकको नेपाली एजेन्ट बैंक

सानिमा बैंक बन्यो चिनियाँ एक्जिम बैंकको नेपाली एजेन्ट बैंक

नेपालखबर
भदौ ८, २०८२ आइतबार १२:१७, काठमाडौँ

दि एक्स्पोर्ट एन्ड इम्पोर्ट ब्यांक अफ चाइना (सीएक्जिम) बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रा.लि (१३५ मेगावाट) १ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि (१२० मेगावाट) १ समेत २ जलविद्युत् आयोजनाका लागि वित्तीय सहजीकरण/मध्यस्थकर्ताको रुपमा काम गर्ने भएको छ। 

सीएक्जिमले सानिमा बैंकलाई नेपालका लागि आफ्नो एजेन्ट बैंक नियुक्त गरेको हो। सीएक्जिम बैंकको सिचुआन (चीन) शाखामा आयोजित एक विशेष कार्यक्रममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र सीएक्जिमको सिचुआन शाखाकी उपाध्यक्ष वु यान्हुईले हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, सीएक्जिम बैंक सिचुआन शाखाका अध्यक्ष चेन शेनग्रोङ र एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लियाओ बिन समेतको उपस्थिति थियो।

यस सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार भई व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। खासगरी ऊर्जा जलविद्युत्, व्यापार पूर्वाधारलगायतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत गरिएको सानिमा बैंकका सीईओ पाण्डेले बताए।

सीएक्जिम र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहजीकरण गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरेको बैंकले जनाएको छ। उक्त कार्यको लागि सानिमा बैंकको भूमिका महत्त्वपूर्ण हुने व्यक्त गर्र्दै यी परियोजनाबाट प्राप्त अनुभवबाट भविष्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरु कोशेढुंगा साबित हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad