राजनीति


पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु गणतन्त्रका लागि खतरा, माओवादीले गल्ती गर्‍यो: एमाले महासचिव

पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु गणतन्त्रका लागि खतरा, माओवादीले गल्ती गर्‍यो: एमाले महासचिव

नेपालखबर
भदौ ७, २०८२ शनिबार १०:२२, काठमाडौँ

सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको दाबी गरेका छन्। 

प्रेस चौतारी दाङले शनिबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किंदा गणतन्त्रप्रति अनास्था फैलिने खतरा बढ्ने जिकिर गरेका हुन्।

‘पूर्वराष्ट्रपति संविधानको संरक्षक हो। सेनाको परामाधिपति भइसकेको व्यक्ति हो’, महासचिव पोखरेलले भने, ‘उहाँ सक्रिय राजनीतिमा फर्किंदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्छ। यस्तो गल्ती पार्टीहरूले गर्न हुँदैन।’

यस क्रममा महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको टिप्पणी पनि गरे। साथै उनले माओवादीलाई एमाले र कांग्रेसले लोकतन्त्र सिकाउनुपर्ने समेत बताए।

‘माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएकाले पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गल्ती गर्‍यो’, पोखरेलले भने, ‘माओवादीलाई एमाले र कांग्रेसले लोकतन्त्रका बारेमा सिकाउनुपर्छ।’

महासचिव पोखरेलले माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्नेसमेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad