तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान शव फेला परेको छ।
नाम, थर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान र मृतकको सनाखत गर्ने प्रयास भइरहेको जानकारी दिए।
255
Shares

प्रतिक्रिया